१२ अर्ब २३ करोडको आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब २३ करोड रुपैयाँ बढीको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ।
यी ट्रेजरी बिल फागुन ८ गते जारी हुनेछ। यसको बोलकबोल आउँदो मंगलबार फागुन ८ गते दिउँसो ३ बजे हुने केन्द्रिय बैंकले जनाएको छ ।
राष्ट्र बैंकले २८ दिने र ९१ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो। राष्ट्र बैंकले ५ अर्ब रुपैयाँको २८ दिने ट्रेजरी बिल जारी गर्न लागेको छ । जुन २०८० चैत्र ६ गते परिपक्क हुनेछ । त्यस्तै ९१ दिनको लागि ७ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । यी ट्रेजरी २०८१ जेठ ८ गते परिपक्व हुने।
ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया