१२ अर्ब २३ करोडको आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब २३ करोड रुपैयाँ बढीको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ।
यी ट्रेजरी बिल फागुन ८ गते जारी हुनेछ। यसको बोलकबोल आउँदो मंगलबार फागुन ८ गते दिउँसो ३ बजे हुने केन्द्रिय बैंकले जनाएको छ ।
राष्ट्र बैंकले २८ दिने र ९१ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो। राष्ट्र बैंकले ५ अर्ब रुपैयाँको २८ दिने ट्रेजरी बिल जारी गर्न लागेको छ । जुन २०८० चैत्र ६ गते परिपक्क हुनेछ । त्यस्तै ९१ दिनको लागि ७ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । यी ट्रेजरी २०८१ जेठ ८ गते परिपक्व हुने।
ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया