NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

एमाले केन्द्रीय समिति बैठब बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मंगलबारदेखि पार्टी केन्द्रीय समिति बैठक बस्ने जानकारी दिए ।

बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको छ । गौतमका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् । साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धिकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ ।

यसैगरी, कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’हरु तथा समसामयिक प्रस्ताव रहेका प्रचार विभाग प्रमुख गौतमले बताए ।

एमालेको सातौं केन्द्रीय कमिटी बैठक यही फागुन ८ देखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ । बैठक मङ्गलबार बिहान ११ बजे बस्ने तय भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष