NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

राइड बजाज पल्सर ‘एक सय एनएस राइड’ सम्पन्न

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाज पल्सर ‘१०० एनएस राइड’ सम्पन्न गरेको छ । कम्पनीले १०० वटा बिरुवा रोप्ने उद्धेश्यको साथ सगरमाथा र जनकपुर क्षेत्रका ग्राहकहरुलाई समेटेर १०० एनएस राइड आयोजना गरेको हो ।

कम्पनीले विश्व सिमसार दिवसको अवसर पारेर गरेको उक्त राइड कार्यक्रममा उदयपुर कटारीमा रहेको सिसाघारी सिमसार क्षेत्रमा १०० भन्दा धेरै फलफूलको बिरुवा वृक्षारोपण गरेको छ । १०० भन्दा धेरै एनएस ग्राहकहरु सहभागी यो राइडमा जनकपुर, धनुषाधाम, यदुकुवा, जलेश्वर, मिर्चैया, गोलबजार, राजविराज, बर्दिबास, गाइघाट, लहानलगायतका विभिन्न स्थानका राइडरहरु सहभागी रहेका थिए । उक्त कार्यक्रममा सहभागी सबै राइडरहरुले उत्साहका साथ वृक्षारोपण गर्नुका साथै विभिन्न मनोरञ्जनात्मक खेलहरुमा भाग लिएका थिए ।

विभिन्न खेलका विजेताहरुलाई कम्पनीले उपहारस्वरुप फुल हेलमेट प्रदान गरेको थियो । उक्त राइडमा ५० वर्षभन्दा बढि उमेर समहुका राइडरहरुको समेत सहभागिता रहेको थियो भने महिला राइडरको समेत सहभागिता रहेको थियो । “१०० एनएस राइडर्सको एउटै उद्धेश्य” भन्ने मूल नाराका साथ आयोजना गरेको यो कार्यक्रम नेपालको सबैभन्दा ठुलो कम्यूनिटी राइड भएको कम्पनीले जनाएको छ ।

उनका अनुसार मोटरसाइकल विक्रेता कम्पनीले गरेको सम्भवत सबैभन्दा ठुलो राइड इभेन्ट १०० एनएस भएको छ । उक्त राइडमा सहभागीहरुले आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिन कम्पनीलाई सल्लाह र सुझाव दिएका थिए भने कम्पनीले पनि आगामी दिनमा यस्तै कार्यक्रमलाई अझै परिष्कृत गर्दैै जाने प्रतिवद्धता जनाएको छ ।