गठबन्धनबारे कांग्रेसमा बहस, बालुवाटारमा तरंग
काठमाडौं । कांग्रेस महासमिति बैठक सुरु भएकै दिन सोमबार बेलुका पदाधिकारीको बैठकबीच कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर भने, ‘पार्टीभित्र बहस भए पनि गठबन्धनबारे शंका नगर्नुस् ।’
उनलाई दाहालको प्रश्न थियो– महासमितिले तत्काल गठबन्धन तोड्ने निर्णय त गर्दैन नि ?
देउवाको छोटो उत्तर थियो– ०८४ को चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्ने मात्र बहस हो ।’
त्यसको अर्को दिन मंगलबार बेलुका एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगे । एमाले केन्द्रीय कमिटी बैठकपछि ओली प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका थिए । दुवै नेताले राजनीतिक सन्देश दिन मात्र भेटेका हुन् कि अर्को समीकरणको तयारी हो ? यसबारे दुवै शीर्ष नेताले मुख खोलेका छैनन् । तर दाहाललाई बुझेका एक नेताका अनुसार उनी जहिले पनि दुई विकल्प सँगै लिएर हिँड्ने नेता हुन् ।
‘प्रधानमन्त्री दाहाल जहिले पनि दुई विकल्प राखेर हिँड्नुहुन्छ । कसैले यसलाई दुई डुंगामा खुट्टा राखेको पनि भन्छन्,’ दाहालनिकट ती नेताले भने, ‘एउटा डुंगा डुब्न लाग्यो भने फुत्त अर्को डुंगामा हाम फाल्नुहुन्छ ।’ उनले गत वर्ष देउवाले प्रधानमन्त्री नदिँदा बालकोट र ओलीसँग राष्ट्रपतिमा कुरा नमिल्दा देउवातिर फर्केको उदाहरण दिए ।
बालुवाटार स्रोतका अनुसार दाहालले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याए आगामी दिनमा एमालेसँग सहकार्यको बाटो खुल्ने बताएका थिए । दुई नेताबीच एक्लाएक्लै भएको भेटले मुख्यतः वामपन्थीबीच संवाद जारी रहेको सन्देश दिएको छ, कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया