भारतीय ट्रक दुर्घटनामा तीनको मृत्यु, एक घाइते

मोरङ । बूढीगङ्गा गाउँपालिका–४ को भित्री सडकमा आज बिहान भारतीय लहरी पल्टिँदा तीन जना बालबालिकाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार मार्वल लोड गरेको भारतीय लहरी नं आर जे २९ जीवि १५६१ पल्टिँदा च्यापिएर सोही स्थानका ६० वर्षीया ज्योति अधिकारीका चार वर्षीया इसिता अधिकारी, चार वर्षीय निशान्त अधिकारी एवं सोही स्थानका सञ्जु खवासको आठ वर्षीय छोरा रिहा खवासको मृत्यु भएको छ । घाइते ज्योतिको स्थानीय विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लहरीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको नायब उपरीक्षक दाहालले बताए । तीन जनाको शव परीक्षणका कोशी अस्पतालमा राखिएको र परिवारलाई बुझाइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
प्रतिक्रिया