NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

दादुरा-रुबेला खोप लगाउँदा ध्यान दिनैपर्ने ३ कुरा

काठमाडाैं । सरकारले आजबाट दादुरा रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आजदेखि अगामी चैत ७ गतेसम्म खोप अभियान जारी रहने छ । खोप भारतसँग सीमा जोडिएका दादुरा-रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइने छ ।

यस्तै, ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइने छ । खाेप  बिहान १० बजदेखि दिउँसो ४ बजेसम्म ताेकिएका विद्यालय तथा खोप केन्द्रमा खोप लगाउन सकिन्छ । अभिभावकले बच्चालाई खोप लगाउँन लैजाँदा तल उल्लेखित कुरामा ध्यान दिन जरुरी छ :

 खोप लगाउन कस्तो अवस्थामा सावधानी अपनाउने ? 

पहिला दादुरा-रुबेला खोप लगाउँदा गम्भिर प्रकारको कुनै एलर्जी (एनाफाइलाक्सीस्) देखिएको थियो भने स्वास्थ्यकर्मीको परामर्श लिनु पर्दछ । त्यस्तै एड्सका लक्षणहरू देखा परेको भएमा, रोग प्रतिरोधात्मक शक्ति कम गराउने अवस्था भएमा, सिकिस्त विरामी भएको बेलामा, उपचार शुरु नगरेका क्षयरोगको विरामी र गर्भवती महिलाले यो खोप लगाउनु हुदैन । यी अवस्थाहरू निको भएपश्चात खोप लिन सकिन्छ ।

नियमित खोप लगाउन छुटेका बच्चाले छुट खोप लगाउन के गर्नुपर्छ ? 
५ वर्ष मुनिका बालबालिकाहरूको नियमित खोप छुट भएको अवस्थामा ५ वर्षसम्म छुट खोप तालिका अनुसार नजिकैको खोप केन्द्र मार्फत खोप लगाउन पाइन्छ । तर नियमित खोप तालिका अनुसार लगाएमा खोपको प्रभावकारिता उच्च हुन्छ ।

यस अभियानमा कुन कुन छुट नियमित खोप लगाइन्छ त ? 
यस पटक सञ्चालन गरिने दादुरा-रुबेला खोप अभियानमा ५ वर्षमुनिका बालबालिकालाई डि.पि.टी। हेप बी-हिव (भ्यागुते रोग, लहरे खोकी, धनुष्टंकार, न्यूमोनिया, मेनिनजाईटिस, हेपाटाईटिस बी जस्ता रोगबाट बचाउने खोप), पि.सि.भी. (न्यूमोनियाबाट बचाउने खोप) र आई.पि.भी. (पोलियोबाट बचाउने खोप) को छुट मात्रा अभियानको दिनमा नै लगाइन्छ ।

एकै दिन एक भन्दा बढी खोपहरू लगाउन हुन्छ ? 
हुन्छ । नियमित खोप सेवा लिने बेलामा पनि एकै दिन एकभन्दा बढी खोपहरू लगाइन्छ । यसबाट बालबालिकालाई कुनै असर हुदैन ।

(यो साम्रगीले हामीले स्वास्थ्य सेवा विभाग, परीवार कल्याण महाशाखाको फेुसबुक पेजबाट लिएका हौं ।)