जङ्गली बँदेलको आक्रमणबाट एक घाइते

अछाम । अछाममा जङ्गली बँदेलको आक्रमणबाट एक वृद्धा घाइते भएका छन् ।
आज दिउँसो कमलबजार नगरपालिका–७ बस्ने ६६ वर्षीय वृद्धा हीरादेवी अधिकारीलाई बँदेलले आक्रमण गरी घाइते बनाएको हो । घरबाट करिब आधा किलोमिटर टाढा रहेको पत्थरिया खान जङ्गलमा बाख्रा चराउने क्रममा जङ्गली बँदेलले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।
घाइते अधिकारीको कमलबजार स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात् थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेतमा पठाइएको प्रनाउ पाठकले बताए । बँदेलको आक्रमणबाट उनको कम्मरमा गहिरो चोट लागेको छ ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया