नीति अनुसन्धान प्रतिष्ठान र नेपालवाचको सहकार्य दोस्रो वर्षमा

काठमाडौं । सरकारी थिंक ट्यांक नीति अनुसन्धान प्रतिष्ठान र नेपालवाच मल्टिमिडिया प्रा.लिबीचको सहकार्य दोस्रो वर्षमा प्रवेश गरेको छ ।
नेपालवाचको नियमित टेलिभिजन प्रस्तुति पोलिसी डायलगलाई थप बलियो र प्रभावकारी बनाउने सर्तसहित सहकार्यलाई निरन्तरता दिने निर्णय भएको हो । यो कार्यक्रम हरेक आइतबार राति ८ बजे एपिवान टेलिभिजन र नेपालवाचको युट्युबमा प्रशारण हुँदै आइरहेको छ ।
समझदारीपत्रमा प्रतिष्ठानकोतर्फबाट कार्यालय प्रबन्धक लक्ष्मण भट्टराई र नेपालवाचको तर्फबाट अध्यक्ष पुष्प ढुंगानाले हस्ताक्षर गरेका छन् । अघिल्लो वर्षको सहकार्यको समीक्षा र पोलिसी डायलगलाई थप व्यवस्थित र प्रभावकारी बनाउनका लागि सम्झौता भएको छ ।
पोलिसी डायलगको छलफलका क्रममा उठेका विषयहरुलाई समेटेर पुस्तक प्रकाशन गर्ने विषयमा पनि दुई संस्थाबीच समझदारी भएको छ । योसँगै सरकारी तथा गैरसरकारी संस्थाहरुसँग साझेदारी गर्दै पोलिसी डायलगलाई थप व्यवस्थित गर्न पनि समझदारी भएको छ ।
नीतिगत विषयमा प्राज्ञिक बहससँगै पैरवी गर्नु दुवै संस्थाको साझा उद्देश्य हो । आगामी दिनमा विविध विषयमा विज्ञहरूसँगको छलफल र बहसलाई थप प्रोत्साहन गरिनेछ ।
टेलिभिजन कार्यक्रम पोलिसी डायलगमा अब नेपालवाच र नीति अनुसन्धान प्रतिष्ठान सँगसँगै
ताजा अपडेट
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
प्रतिक्रिया