NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २१ गते

नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्नो मन्त्रीलाई फिर्ता बोलाएको छ ।

पार्टीको आज बसेको संसदीय दलको बैठकले केपी ओली नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको तर्फबाट मन्त्री बनेकाले भोलि राजीनामा बुझाउने जानकारी दिइन् ।

केपी ओली नेतृत्वको गठबन्धन सरकारमा नाउपाबाट सांसद अरुण चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाको तर्फबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री भएका रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपा चिढिएको थियो ।

सुदूरपश्चिम प्रदेशमा शुक्रबार समर्थन फिर्ता लिएको नाउपाले आज संघ सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष