NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

विवाइडीले ल्यायो ‘नेपाली अब यूरो कपमा’ स्किमको योजना

काठमाडौं । नेपालको लागि BYD auto industry को अधिकृत वितरक साइमेक्स इंक प्राइभेट लिमिटेडले UEFA EURO 2024 को अवसर पारी ‘नेपाली अब यूरो कपमा स्किम‘ लिएर आएको छ। विवाइडी, UEFA EURO 2024 को अधिकृत इमोबिलिटी पार्टनर भएकाले यस स्किमले विवाइडी का फुटबल प्रेमी ग्राहकहरुलाई जर्मनीमा गई प्रत्यक्ष UEFA EURO 2024 का रोमाञ्चक खेलहरु हेर्ने मौका दिने कम्पनीले जनाएको छ।

UEFA युरो २०२४™️ जुन १४ देखि जुलाई १४, २०२४ सम्म जर्मनीका दस विश्व-प्रसिद्ध स्टेडियमहरूमा भव्यताका साथ आयोजना गरिंदैछ। UEFA (Union of European Football Associations) र न्यु इनर्जी भेहिकलको विश्वमै प्रमुख निर्माता BYD बीचको यो सम्झौता च्याम्पियनशिपको इतिहासमा पहिलोपटक भएको महत्वपूर्ण साझेदारी सम्झौता हो।

नविन प्रयोग र आविष्कारका साथ आफ्ना ग्राहकवर्गको सन्तुष्टिमा सदैव प्रतिवद्ध Cimex Inc. Pvt. Ltd.का अनुसार ११ भाग्यशाली विजेताहरुले UEFA EURO 2024 मा आफैँ उपस्थित भई फुटबल खेलको प्रत्यक्ष रूपमा मनोरन्जन लिने अवसर पाउनेछन्। यस स्किमद्वारा आफ्ना प्रिय ग्राहकहरूलाई फुटबलको यो प्रतिष्ठित महोत्सवको प्रत्यक्ष अनुभव गर्ने एक अविस्मरणीय अनुभव प्रदान गर्ने लक्ष्य BYD ले राखेको छ।

Cimex Inc. Pvt. Ltd., विद्युतीय सवारीसाधनको क्षेत्रमा उत्कृष्टता र नवीनतालाई प्रेरित गर्दै आफ्ना ग्राहकहरुलाई अविस्मरणीय अनुभव प्रदान गर्न सदैव प्रतिबद्ध रहेको छ। तसर्थ ‘UEFA EURO 2024 स्किम’ले पनि कम्पनीको ग्राहकवर्गको सन्तुष्टिप्रतिको समर्पण र फुटबल खेल प्रतिको मोह दर्साउँछ।