NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

आगलागी हुँदा बर्दियामा एकको मृत्यु

बर्दिया । ठाकुरबाबा नगरपालिका–४ मैनवारमा गए राति गोठमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ ।

आगलागी भएपछि गोठमा भएका पशु चौपाया निकाल्ने क्रममा ५८ वर्षीय लक्ष्मीराज जैसीको आगोमा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।

गोठमा भएको आगलागी नियन्त्रण गर्ने क्रममा राति ११ बजेतिर जैसीको शव पूर्णरूपमा जलेको अवस्थामा फेला परेको प्रहरी जनाएको छ । उनको शव परीक्षणका लागि बर्दिया अस्पताल गुलरिया पठाइएको प्रहरी कार्यालयले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष