सालिन मृत्युको एक साताः पोष्टमार्टममा ढिलाई हुँदा घटना रहस्यमै

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका– १० मा रहेको एकता शिशु निकेतन बोर्डिङ स्कुलको कक्षा आठमा अध्ययनरत १४ वर्षीया शालीन पोखरेलको मृत्यु भएको एक साता भएको छ । गत शनिबार आफू बस्ने होस्टलको कोठामा झुन्डिएको अवस्थामा उनको शव भेटिएको थियो । पोष्टमार्टममा ढिलाई हुँदा एक सातासम्म पनि मृत्युको कारण खुल्न सकेको छैन ।
बालिकाका परिवारले उनको हत्या भएको दाबी गरेका छन् । प्रहरीले अनुसन्धानका लागि प्रहरीले विद्यालयका प्रधानाध्यापक रत्ननगर– १० का ६० वर्षीय बालहरि देवकोटा, सहायक प्रधानाध्यापक ४० वर्षीय किरणबहादुर अधिकारी र वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई पक्राउ गरेको छ । मृत्युको कारण खुलिनसकेको जनाएको छ । पोष्टमार्टम रिपोर्टले आत्महत्या वा हत्या भन्ने तथ्य प्रष्ट गर्दछ ।
गत १२ फागुनमा होस्टेलको आफू बस्ने कोठाको फ्यानमा स्काउटको डोरीले झुन्डिएको अवस्थामा बालिका मृत भेटिएकी थिइन् । शालीनको मृत्युपछि उनका बुबासहित परिवारजनले उनीहरूविरुद्ध हत्याको आरोप लगाउँदै किटानी जाहेरी दिएका थिए । प्रहरीले किटानी जाहेरी दर्ता नगरेपछि मृतकका परिवारले शालीनको न्यायका लागि अभियान चलाएका छन् । गोरखा अजिरकोट गाउँपालिका– ५ स्थायी घर भएकी बालिका विद्यालयको छात्रावासमा बसेर अध्ययन गर्दै आएकी थिइन् । उनका बुबा काठमाडौंमा तथा आमा दुबईमा बस्दै आएका छन् । बुबा आमाले सम्बन्ध बिच्छेद भएपछि उनी मामाघरको संरक्षणमा सो बिद्यालयमा पढ्दै आएकी थिइन् ।
मृतकको शव पोष्टमार्टमका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । मृतकका परिवारले बलात्कारपछि हत्या भएको दाबी गर्दै प्रहरी अनुसन्धानप्रति असन्तुष्टि जनाएका छन् । तर, हत्या भएको प्रमाण तत्काल नभेटिएको प्रहरी भनाई छ । बालिकाको सुसाइड नोट भेटिएको र त्यसमा प्रहरीले आधिकारिताको जाँच गरिरहेको छ ।
उता,जिल्ला प्रहरी कार्यालय, चितवनले निष्पक्ष रुपमा अनुसन्धान भइरहेको जनाउँदै अनुसन्धानलाई प्रभाव पार्ने सामाग्रीहरु सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न आग्रह गरेको छ । शनिबार प्रेस बिज्ञप्ती जारी गरी प्रहरीले यस्तो बताएको हो ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया