नयाँ गठबन्धनमा राप्रपालाई नसमेटिने
काठमाडौं । माओवादी–एमालेको नयाँ गठबन्धनमा राप्रपा नसमेटिने भएको छ । दुबै दलका नेताहरुले राप्रपालाई गठबन्धनमा नल्याउने सहमती भएकाे जनाइएकाे छ ।
त्यस्तै, राप्रपाका अध्यक्ष राजेन्द्र लिंग्देनले सामाजिक सञ्जाल एक्समा ट्वीट गर्दै राप्रपा वर्तमान सत्ता केन्द्रित चलखेलमा सामेल नहुने बताएका छन् ।
‘राप्रपा वर्तमान सत्ता केन्द्रित चलखेलमा सामेल छैन र हुँदैन। वर्तमान समस्याको समाधान सरकार परिवर्तन होइन अवस्था परिवर्तन हो। र, मुलुकको यो अवस्थामा परिवर्तनका लागि वर्तमान भ्रष्ट व्यवस्थाको अन्त्य अहिलेको अनिवार्य आवश्यकता हो। राप्रपा अहिले यही बाटोमा छ।’ उनले भनेका छन् ।
नेकपा माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनाता समाजवादी पार्टी मिलेर बन्न लागेको नयाँ सत्ता समिकरणमा पाँच सदस्यीय मन्त्रीमण्डल गठन हुने भएको छ ।
प्रधानमन्त्री प्रचण्डसहित चारवटै दलबाट एक/एकजना मन्त्री बनाउने सहमति भएको हो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया