NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

सेयर बजारमा भारी गिरावट, चार अर्ब बरारको कारोबार

 

काठमाडौं । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेससहितको गठबन्धन भत्काएपछि  शेयर बजारमा अप्रत्याशित उछाल आयो। शेयर बजारमा लगातार बढेर तीन सर्किट लागेपछि दिनभर कारोबार भएन ।

तर सत्ता समिकरणको खुशी लगानीकर्तामा एक दिन पनि टिक्न सकेन । मंगलबार ठूलो अंकले नेप्सेमा गिरावट छाएको छ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ७०.३१ अंकले घटेर २ हजार सात दशमलव ६९ विन्दुमा पुगेर बन्द भएको छ ।

आज ३१६ स्टकको ६९ हजार २०८ पटक कारोबारमा एक करोड १४ लाख ६७ हजार ५९९ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ११ करोड ३६ करोड ७६ लाख रूपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार म्युचल फण्डबाहेक सबै उपसमूह रताम्मे भएका छन् । म्युचल फण्ड ०.६६ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै अन्य उपसमूहको ४.३५ प्रतिशतले घटेको छ । अन्य उपसमूहरूमा बैकिङ ३.०१, विकास बैंक ३.६५, वित्त २.७५, होटल तथा पर्यटन ३.६९, जलविद्युत ४.३०, लगानी ३.४८, जीवन बीमा ३.४९, उत्पादन ४.२०, माइक्रोफाइनान्स १.२७, नीर्जीवन २.६० र व्यापार २.१५ प्रतिशतल घटेको छ ।

आज गुराँस लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ८.७३ प्रतिशतका दरले कमाएका छन् भने बोटलर्स नेपालको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमको आधारमा सोनापुर मिनरल्सको सर्वाधिक ४१ करोड ९१ लाख २२ हजार रूपैयाँको कारोबार भयो । दोस्रोमा शिभम् सिमेन्टको २४ करोड ६५ लाख ४ हजार कारोबार भयो ।