NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते
बैंकर पक्राउ प्रकरण

नेपाल बैंकर्स संघले बिहीबारकाे लागि डाक्यो बैठक

काठमाडाैं । नेपाल बैंकर्स संघले बिहीबारको लागि पुनः बैठक बोलाएको छ । बुधबार बिहान बसेको संघको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।

तत्कालिन सेञ्चुरी कमर्शियल बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जनालाई प्रहरीले गिरफ्तार र म्याद थपको विषयमा छलफल गर्नको बैठक बोलाएको बैंकर्स संघले जनाएको छ ।

बैठकमा सबै बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई डाकेको छ ।