प्रहरीको दुई विद्यालयको प्राचार्यका लागि आवेदन माग
काठमाडौं । नेपाल प्रहरीले सञ्चालन गरिरहेको दुई विद्यालयको प्राचार्यका लागि आवेदन माग गरिएको छ ।
नेपाल पुलिस स्कुल धरान, सुनसरी र धनगढी, कैलालीको रिक्त हुन लागेको प्राचार्यका लागि आवेदन आह्वान गरिएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालय, प्राचार्य छनोट बोर्डले आइतबार एक सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई आगामी चैत ११ गतेसम्म आवेदन दिन आग्रह गरेको छ ।
प्राचार्यका लागि मान्यता प्राप्त विश्वविद्यालय वा अध्ययन संस्थानबाट स्नातकोत्तर उत्तीर्ण गरेको, माध्यमिक तह वा सो सरहको पदमा कम्तीमा १० वर्ष अध्यापन गरेको, माध्यमिक तहको विद्यालयमा कम्तीमा ५ वर्ष प्राचार्यका रूपमा काम गरेकोलगायत अनुभव हुनुपर्ने उल्लेख छ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने




प्रतिक्रिया