NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

प्रहरीको दुई विद्यालयको प्राचार्यका लागि आवेदन माग

काठमाडौं । नेपाल प्रहरीले सञ्चालन गरिरहेको दुई विद्यालयको प्राचार्यका लागि आवेदन माग गरिएको छ ।

नेपाल पुलिस स्कुल धरान, सुनसरी र धनगढी, कैलालीको रिक्त हुन लागेको प्राचार्यका लागि आवेदन आह्वान गरिएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय, प्राचार्य छनोट बोर्डले आइतबार एक सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई आगामी चैत ११ गतेसम्म आवेदन दिन आग्रह गरेको छ ।

प्राचार्यका लागि मान्यता प्राप्त विश्वविद्यालय वा अध्ययन संस्थानबाट स्नातकोत्तर उत्तीर्ण गरेको, माध्यमिक तह वा सो सरहको पदमा कम्तीमा १० वर्ष अध्यापन गरेको, माध्यमिक तहको विद्यालयमा कम्तीमा ५ वर्ष प्राचार्यका रूपमा काम गरेकोलगायत अनुभव हुनुपर्ने उल्लेख छ ।