भारतको शीर्ष निर्वाचन अधिकारीले दिए राजीनामा

भारत ।आम निर्वाचनको अपेक्षित घोषणा हुनुभन्दा केही दिनअघि भारतको निर्वाचन आयोगका दोस्रो उच्च श्रेणीका अधिकारीले राजीनामा दिएको न्याय मन्त्रालयले जनाएको छ । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको खोजी गर्नेछन् ।
मानव इतिहासमा लोकतान्त्रिक मताधिकारको सबैभन्दा ठूलो अभ्यास गर्नका लागि भारतको निर्वाचन आयोगलाई आफ्ना तीन शीर्ष अधिकारीमध्ये एकजनालाई मात्र छाडेर अरुण गोयलले शनिबार राजीनामा दिएका छन् । अप्रिल–मेमा हुने निर्वाचनमा करिब एक अर्ब मानिस मतदान गर्न योग्य छन् ।
भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले गोयलको राजीनामा स्वीकृत गरेको कानून तथा न्याय मन्त्रालयले जनाएको छ । यद्यपि मन्त्रालयले उनले राजीनामा गरेको कारण भने बताएको छैन । एनडिटिभी समाचार नेटवर्कले स्रोतलाई उद्धृत गर्दै गोयलले ‘व्यक्तिगत कारण’ देखाई राजीनामा दिनुभएको उल्लेख गरेको छ ।
निर्वाचन आयोगमा अर्का अधिकारी गत वर्ष सेवानिवृत्त भए पनि उक्त पदमा हालसम्म कसैलाई नियुक्त गरिएको छैन । स्थानीय सञ्चारमाध्यमले धेरै चरणमा हुने निर्वाचनको मितिको घोषणा आगामी साता गरिने सम्भावना रहेको बताएका छन् ।
प्रमुख विपक्षी दल कांग्रेसका महासचिव के.सी. वेणुगोपालले गोयलको राजीनामा चिन्ताको विषय भएको बताए । ‘निर्वाचन आयुक्त अरुण गोयलले लोकसभा (संसदीय) निर्वाचनको ठिकअघि राजीनामा दिनु विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको स्वास्थ्यका लागि अत्यन्त चिन्ताजनक हु’, उनले भने, “निर्वाचन आयोगजस्तो संवैधानिक संस्थाले कसरी काम गरिरहेको छ र सरकारले कसरी उक्त संस्थामाथि दबाब दिएको छ भन्नेबारेमा कुनै पनि पारदर्शिता छैन ।”
धेरै जनमत सर्वेक्षणले आम निर्वाचनमा मोदी र उनको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) ले सजिलै जित हासिल गर्ने सङ्केत गरेका छन् । गत वर्ष एक प्यु सर्वेक्षणमा करिब ८० प्रतिशत भारतीयले मोदीलाई सकारात्मकरूपमा हेरेको पाइएको थियो ।
युगभले फेब्रुअरीमा सहरी मतदाताहरूमा गरेको सर्वेक्षणमा भाजपाले हरेक उमेर र लिङ्ग जनसाङ्ख्यिकीमा धेरै विपक्षी पार्टीमाथि सजिलै अगाडि बढिरहेको देखाएको थियो ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया