NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

राष्ट्रियसभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता

काठमाडाै‌ । रिक्त रहेको राष्ट्रियसभा अध्यक्ष पदको लागि लागि आज उम्मेदवारी दर्ता हुँदैछ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ ।

साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित गरिनेछ। निर्वाचन फागुन २९ गते मङ्गलवारका लागि तोकिएको छ ।

राष्ट्रिय सभा अध्यक्ष पदका लागि नेकपा (एमाले)सहितको गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पदमा उम्मेदवार दिने सहमति भइसकेको छ । तर, नेपाली कांग्रेसले पनि अध्यक्षमा उम्मेदवारी दिने बताएको छ । राष्ट्रिय सभामा १७ सांसदसहित नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो दल छ।

कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३, लोसपा र राष्ट्रिय जनमोर्चाका एक-एक सांसद छन्। सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक रिक्त छ।

ताजा अपडेट

नेपालवाच विशेष