NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

यस्ताे छ आजकाे विदेशी मुद्राकाे विनिमयदर

काठमाडाै । नेपाल राष्ट्र बैंकले आज म‌गलबारको लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानकि गरेकाे छ । राष्ट्र बै‌कका अनुसार म‌‍गबारकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया १२ पैसा र बिक्री दर १३२ रुपैया ७२ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ ५४ पैसा र बिक्री दर १४५ रुपैयाँ २० पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६९ रुपैयाँ ७१ पैसा र बिक्री दर १७० रुपैयाँ ४९ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १५० रुपैयाँ ७७ पैसा र बिक्री दर १५१ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४० पैसा र बिक्री दर ८७ रुपैयाँ ८० पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ०८ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ४७ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ०१ पैसा र बिक्री दर ९ रुपैयाँ ०५ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।