NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

एलजीको नि:शुल्क एसी सर्भिस र एक्सचेञ्ज क्याम्प  

काठमाडाैं । एलजीले गर्मीबढेसँगै आज चैत्र १ गतेदेखि सिमित अवधिको लागि नेपालका सम्पूर्ण एसीका ग्राहकहरुलाई लक्षित गरी ‘निस्शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प’ योजना अघि सारेको छ। यस योजनाअन्तर्गत ग्राहकहरुले कुनै पनि ब्रान्डको एसीमा नि:शुल्क एसी सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न सक्ने कम्पनीले जनाएको छ । उक्त पुरानो एसीमा विगतको भन्दा ५० प्रतिशतसम्मको थप मूल्यांकनका साथ एलजीको उच्च गुणस्तरिय एसीसँग साट्न सक्नेछन् । ग्राहकबर्गहरुले https://www.cgelex.com/exchange मा गएर आफ्नो पुरानो एसीको मूल्याङकन आफै पनि गर्न सक्ने कम्पनीले जनाएको छ।

यो सुविधा र सर्भिस लिनको लागि ग्राहकबर्गहरुले टोल फ्री नं १६६-००-१००-२११ वा ०१-५९७०२११ मा अथवा एलजीको सामाजिक सन्जाल पेजमार्फत आफ्नो विवरण रजिस्टर गराउनु पर्नेछ। रजिस्टर पश्चात एलजीका टेक्नीसियन ग्राहकहरुका घरमै गई यो सुविधा प्रदान गर्नेछन। यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टस्मा ५० प्रतिशतसम्म छुटका साथै नयाँ एलजीको एसी खरिद गर्दा १८ प्रतिशतसम्मको विशेष छुट प्रदान गरिएको छ । साथै ग्राहकबर्गहरुले नयाँ एसीमा ४००० बराबरको फ्री इन्स्टलेशन पनि पाउनेछन। नयाँ एलजीको एसीहरुमा १० वर्षको इन्भर्टर कम्प्रेसर वारेण्टी रहेको छ ।