NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

घट्याे पेट्राेलकाे मूल्य

काठमाडाै‌ ।  नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निमगले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य घटाएकाे छ ।

इण्डियन आयल कर्पोरेसनले इन्धनकाे मूल्य घटाएर पठाएसँगै निमगले मूल्य समायाेजन गरेकाे हाे ।

मूल्य घटेसँगै अब पेट्राेल प्रतिलिटर पहिलाे वर्गकाे लागि १६८ रुपैयाँ पचास पैसा, दाेस्राे वर्गकाे लागि १७० रुपैयाँ र तेस्राे वर्गकाे लागि १७१ रुपैयाँ लागू हुने छ । नयाँ मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुने निगमले जनाएकाे छ ।

p