नेपाल-भारत सीमा थप एक घण्टा खोल्ने सहमति
बैतडी । पिथौरागढमा सम्पन्न नेपाल-भारत सीमा समन्वय बैठकले दुई देशबीचको बैतडीको झलाघाट नाका आज बेलुकी ७ बजेसम्म खोल्ने सहमति भएको छ ।
बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले यसअघि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने सो नाका अबदेखि बेलुका ७ बजेसम्म खोल्ने सहमति भएको बताए । बैठकमा भारतमा हुने लोकसभा चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रमा अपनाउनुपर्ने सतर्कताबारे पनि छलफल भएको छ ।
साथै दुवै देशका सीमा क्षेत्रमा हुनसक्ने आपाराधिक गतिविधि नियन्त्रण, मानव तथा वन्यजन्तु तस्करीमा रोक, लागुऔषध ओसारपसारमा रोकलगायतका विषयमा पनि बैठकमा छलफल भएको जनाइएको छ ।
बैठकमा भारतीय पेन्सनरी नेपालीलाई सहजता गर्ने, सीमा क्षेत्र भएर बग्ने महकाली नदीको सरसफाइ, द्विपक्षीय सीमा क्षेत्रका विविध विषयमा छलफल भएको छ । बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, दुवै जिल्लाका सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो ।
यस्तै भारतकातर्फबाट पिथौरागढका जिल्ला अधिकारी रीना जोशी, चम्पावतका जिल्ला अधिकारी नवनीत पाण्डेलगायत सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।
ताजा अपडेट
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी


प्रतिक्रिया