NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब तान्दै केन्द्रीय बैंक

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ । आज शुक्रबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रिय बैंकले २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।साँ वा र ब्याज भुक्तानी मिति चैत ३० गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो १२ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।