अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब तान्दै केन्द्रीय बैंक
काठमाडाैं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ । आज शुक्रबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ ।
केन्द्रिय बैंकले २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।साँ वा र ब्याज भुक्तानी मिति चैत ३० गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो १२ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।
बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया