NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

सहमति कार्यान्वयन नभए सहकारी पीडित पुनः आन्दोलनमा उत्रने

काठमाडौं । नेपाल सरकार र सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) सहकारी बचतकर्ता पीडित संघर्ष समितिबीच ८ बुँदे सहमति भएसँगै महासंघका अध्यक्ष कुशलभ केसीले अनसन ताेडेका छन् ।

बिहीबार सरकार र महासंघबीच ८ बुँदे सहमति भएसँगै केशीले अनसन ताेडेका हुन् । सहमति भएसँगै हाललाई सम्पुर्ण कार्यक्रम स्थगित  गरिएको महासंघले विज्ञप्तिमार्फत जनाएकाे छ ।

सहमति तत्काल कार्यान्वयन नभए पुनः आन्दोलित हुने महासंघले सरकारलाई चेतावनी दिएको छ ।

सहकारी वचतकर्ता पीडितले आफ्नो रकम फिर्ताकाे माग राख्दै पटकपटक आन्दाेलन गर्दै आइरहेका छन् । यसभन्दा अघि गत साउनमा वचत फिर्ताकाे माग राख्दै २ महिनाभन्दा बढी सडकमा आन्दाेलित भएका थिए । लामाे समयकाे आन्दाेलन पश्चात सरकार र सहकारी पीडितबीच गत साउन १८ गते ७ बुँदे सहमति भएको थियो । सोही सहमति पछि महासंघले आन्दोलन विसर्जन गरेको थियो ।

सहमति भएपनि हालसम्म सरकारले कुनै सहमति कार्यान्वयनमा ल्याउन नसकेकाे पीडितहरूकाे गुनासाे छ।

हेराैं विज्ञप्ति : 

”२०८० चैत्र १० गते सहकारी बचतकर्ता पीडितहरुको आन्दोलन गर्ने चाहना नहुँदा नहुँदै पनि खराब सहकारीका संचालकहरुले सदस्यहरुको समयमै बचत फिर्ता नगर्दा आन्दोलीत हुन वाध्य बनाइयो, त्यसमा पनि खराब सहकारी र भ्रष्टाचारीको इसारामा सहकारी बचतकर्ता पीडित माथि दमन गरि मानव अधिकार र अन्तरराष्ट्रिय न्याय प्रणाली समेतलाई लत्याई सरोकारवाला निकायहरुलाइ पटक पटक ध्यानाकर्षण, ताकेता गर्दा पनि पीडितहरुलाई न्याय दिने पक्षमा कुनै पनि पहल नहुँदा पीडितहरुले आफ्‌नो बचतको साँवा र ब्याज फिर्ता गराउनका लागि आन्दोलित हुन बाध्य बनाइयो । सोहि आन्दोलनको प्रभावमा नेपाल सरकार र महासंघ बिच २०८० साउन १८ गते ७ बुँदे सहमति गरि प्रथम आन्दोलन विसर्जन गरिएको थियो। उक्त ७ बुंदे सहमति अनुशार सरोकार निकायवालाले कार्यानयन ढिलाइ भएको महसुस भइ जवाफदेहिता माग्न २०८० माघ २५ गते प्रज्ञा प्रतिष्ठानमा पत्रकार सम्मेलन गरियो, तर उक्त कार्यक्रममा सरोकारवाला निकायको अनुपस्थितिले २०८० फागुन ३ गते रिपोटर्स क्लबमा दोश्रो पत्रकार सम्मेलन बाट आन्दोलन घोषणा गरि सहकारी बचतकर्ता पीडितहरुले प्राण त्याग्नु परे पनि आफ्‌नो हक अधिकार नपाए सम्म दृढ संकल्पका साथ २०८० फागुन ६ गते विहिबार देखि सहकारी विभागको प्रांगण बाट अनिश्चितकालिन शान्तिपुर्ण नियमित धर्ना शुरु गरि २०८० चैत्र १ गते देश भरिका सहकारी बचतकर्ता पीडितहरुको जनदबाब सहितको पैदल ऱ्याली गर्दै भृकुटीमण्डपमा विशाल जनसभा समापन गरि फर्कने क्रममा प्रहरी प्रशासन द्वारा धरपकड भए पश्चात महासंघका अध्यक्ष श्री कुशलभ के. सी. ज्यूले आमरण अनशन घोषणा गरे लगतै प्रहरी बल लगाई अध्यक्ष श्री कुशलभ के. सी. लगायत कोषाध्यक्ष देव कुमार श्रेष्ठलाई गिरफ्‌तार गरि प्रहरी परिसर टेकु पुऱ्याइ हिरासतमा राखी २४ घण्टा भित्र अचेत अवस्थामा रिहाइ गरि वीर अस्पतालको सघन कक्षमा उपचारको लागि पुऱ्याइयो ।

महासंघका अध्यक्ष श्री कुशलभ के. सी. ज्यूको आमरण अनशन, सहकारी बचतकर्ता पीडितहरुको धर्ना र विरोध कार्यक्रमको प्रभाव र मानव अधिकारको प्रेस विज्ञप्तिका कारण नेपाल सरकार र महासंघ बिच सहकारी बचतकर्ता पीडितहरुको ७ बुँदे माग बमोजिम २०८० चैत्र ६ गते ३ बुँदे छलफल गरि सहकारी पीडित बचतकर्ता महासंघको सम्पुर्ण माग अनुशार पीडित पक्ष बाट २ जना प्रतिनिधि रहने गरि छानबिन टोली गठन गरि तत्काल कार्यनयन प्रकृय बढाउने ८ गते ८ बुँदे सहमति भई भुमि व्यवस्था, सहकारी तथा गरबिी निवारण मन्त्रालय मन्त्री श्री बल बहादुर अधिकारी लगायत वार्ता टोलिले सिनामंगल स्थित रहेको होप हस्पिटल पुगि सहकारी मन्त्री ज्यूले जुस पिलाइ महासंघका अध्यक्ष श्री कुशलभ के. सी. ज्यूको आमरण अनशन तोडाइए पश्चात काम गर्ने, बचत रकम फिर्ता गराउने वतावरण बनाउन हाललाई सम्पुर्ण कार्यक्रम स्थगन गरिएको आन्दोलित सहकारी पीडित बचतकर्ताहरु प्रति जानकारी गराउदछौं ।

यसरी आफ्‌नो जिवन, स्वस्थ्यको परवाह नगरी बचतकर्ताहरुको हितका निम्ति आन्दोलनलाई चरम उत्कर्षका साथ गन्तब्यमा पुराउनका लागि आमरण अनशनमा बस्नु भएको महासंघका अध्यक्ष श्री कुशलभ के. सी. ज्यूको स्वस्थ्य स्थिति गम्भिर रहेकोले उहाँको स्वस्थ्यलाभको कामना साथै सहयोग गर्नुहुने सम्पुर्ण संचार माध्यम्, मानव अधिकार आयोग, राजनितिक दल, समाजिक अभियन्ता, सहयोगी संघ संस्था, सुरक्षकर्मि तथा सहकारी पीडित बचतकर्ताहरुलाई विषेश धन्यवाद प्रकट गर्दै आउने दिनहरुमा पनि यस्तै साथ सहयोगको अपेक्षा राख्दै यस प्रेस विज्ञप्ति जारि गरिएको छ । नोटः उक्त सहमति बुँदाहरु यथोचित समयमा कार्यनयन नभएको खण्डमा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) सहकारी बचतकर्ता पीडित संघर्ष समिति नेपाल कडा भन्दा कडा रुपमा पुनः आन्दोलित हुने चेतावनी सहित बाहिरी आन्दोलन स्थगन गरिएता पनि भित्री आन्दोलन यथास्थित रहेको जानकारी गराउदछौं ।”