सिङ्गापुरमा एआई इन्स्टिच्युट स्थापना
एजेन्सी । नेशनल यूनिभर्सिटी अफ सिंगापुरले शिक्षा, स्वास्थ्य र वित्तीय सेवामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको अनुसन्धान र प्रयोगलाई अगाडि बढाउनको लागि सोमबार एआई इन्स्टिच्युटको स्थापना गरेको छ ।
एआई इन्स्टिच्युटले सरकारी एजेन्सीहरू र उद्योगहरूसँग मिलेर समाजमा एआई क्षमताहरू विस्तार गर्ने लक्ष्य राखेको छ । विश्वविद्यालयद्वारा जारी विज्ञप्ति अनुसार, नयाँ संस्थानले एआईसँगै नैतिक चिन्ता र जोखिमहरूलाई सम्बोधन गर्न पारदर्शिता र जवाफदेहिताको सुरक्षा गर्ने तरिकाहरूबारे अध्ययन गर्ने बताएको छ ।
यसका लागि संस्थानका अनुसन्धानकर्ताहरूले ८० लाख सिङ्गापुर डलर बाह्य लगानी प्राप्त गरेका छन् । विश्वविद्यालयले अनुसन्धान, नीति अध्ययन र प्रारम्भिक तथा आधारभूत अनुसन्धानका लागि थप दुई करोड सिङ्गापुर डलर लगानी गर्नेछ ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया