NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

आरजुको हाइपर प्याराथ्रोइडिज्मकाे शल्यक्रिया

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाको हाइपर प्याराथ्रोइडिज्मको शल्यक्रिया भएको छ ।

चिकित्सकहरुको सल्लाहअनुसार उनको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटल, सकेटमा बुधबार शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको उनका स्वकीय सचिव कमल रावलले विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएका छन् ।

उनमा विगत दुई वर्षदेखि स्वास्थ्य समस्या देखिएपछि भारतको नयाँ दिल्लीस्थित सो अस्पतालमा फलोअप उपचार गराउँदै आएकी थिइन् । सांसद डा राणा चैत २ गते सङ्घीय संसद् सचिवालयलाई जानकारी गराई स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली गएकाे सो विज्ञप्तिमा जनाइएको छ ।

हाल डा राणाको स्वास्थ्य सुधारोन्मुख रहेको र चिकित्सकहरुले थप परामर्शका लागि अझै केही समय अस्पतालमै रहनुपर्ने बताएका छन् ।