आरजुको हाइपर प्याराथ्रोइडिज्मकाे शल्यक्रिया
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाको हाइपर प्याराथ्रोइडिज्मको शल्यक्रिया भएको छ ।
चिकित्सकहरुको सल्लाहअनुसार उनको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटल, सकेटमा बुधबार शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको उनका स्वकीय सचिव कमल रावलले विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएका छन् ।
उनमा विगत दुई वर्षदेखि स्वास्थ्य समस्या देखिएपछि भारतको नयाँ दिल्लीस्थित सो अस्पतालमा फलोअप उपचार गराउँदै आएकी थिइन् । सांसद डा राणा चैत २ गते सङ्घीय संसद् सचिवालयलाई जानकारी गराई स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली गएकाे सो विज्ञप्तिमा जनाइएको छ ।
हाल डा राणाको स्वास्थ्य सुधारोन्मुख रहेको र चिकित्सकहरुले थप परामर्शका लागि अझै केही समय अस्पतालमै रहनुपर्ने बताएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया