NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

पाँच प्रदेशमा आज पानी पर्ने

काठमाडौं । देशका पाँच प्रदेशमा शुक्रबार वर्षा हुने प्रक्षेपण गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले नियमित मौसमी बुलेटिन सार्वजनिक गर्दै शुक्रबार पाँच प्रदेशमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने अनुमान गरेको हो ।

महाशाखाका अनुसार, शुक्रबार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा भने हल्का हिमपातको योग छ ।

शुक्रबार राति पनि केही प्रदेशमा वर्षा हुने अनुमान गरिएको छ । महाशाखाका अनुसार, राति देशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

नेपालमा हाल स्थानीय वायुको प्रभाव रहेको छ। यही वायुको प्रभावका कारण केही दिनयता वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार, अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भने वर्षा भइरहेको छ ।