पाकिस्तानमा विद्यार्थीलाई शैक्षिक सामाग्रीको अभाव

पाकिस्तान। पाकिस्तानको बलुचिस्तानका विद्यालयहरूमा पाठ्यपुस्तक लगायत स्टेशनरी शैक्षिक वर्ष सुरु भएको एक महिना बितिसक्दा पनि नपुगेपछि विद्यार्थी तथा उनीहरूका अविभावक आक्रोशित बनेका छन् ।
‘द बलुचिस्तान पोस्ट’ले बलुच विद्यार्थी सङ्गठनका केन्द्रीय प्रवक्तालाई उद्धृत गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विद्यालयहरूमा आवाश्यक सामाग्री सहित शैक्षिक गतिविधिहरू नपुगेकोले नियमित कक्षा सञ्चालनमा कठिनाई भएको र यसका कारण हजारौँ विद्यार्थीहरू निराश बन्नुपरेको छ ।’
‘द बलुचिस्तान पोस्ट’ले चगाई जिल्लाको बालानोस क्षेत्रका लगभग सबै बालबालिकाहरू विद्यालय पहुँच भन्दा बाहिर रहेको रिपोर्ट गरेको छ ।
एक्काइसौं शताब्दीमा विश्वले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरिसकेको अबस्थामा दुर्भाग्यवस बलुचिस्तानका बालबालिकाहरू शिक्षाबाट वञ्चित रहन बाध्य छन् । यो प्रयास शिक्षाको अभावमा बलुच जनतालाई सीमान्तकृत राख्न राज्य गैर जिम्मेवार बनेको प्रमाण भएको बीएसओको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार पाठ्यसामग्रीको अभाव भएपछि झाल मगसीका करिब तीन दर्जन विद्यालयहरू बन्द भएका र यसका कारण यस क्षेत्रका बालबालिकाहरू विद्यालय शिक्षाबाट वञ्चित हुनुपरेको छ ।
यसैबीच शिक्षक र अन्य कर्मचारीहरूले भने घरमै बसेर तलब पाइरहेका छन् । झाल मगसीलाई बलुचिस्तानको सबैभन्दा उपेक्षित जिल्लाहरू मध्ये गणना गरिन्छ । जहाँ असहाय जनता लामो समयदेखि राज्यको छायामा परि गैर-जिम्मेवारीको सिकार बनिरहेको प्रवक्ताले जनाए ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया