बाजुरामा भिरबाट लडेर एक महिलाको मृत्यु

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा भिरबाट लडेर एकजना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही गाउँपालिका–५ रिठ्ठाकी ४१ वर्षीया अपसरी बुढथापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आज बिहान गाउँ नजिकैको रहेको बालभिटा मेलामा घाँस काट्न गएका बेला लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिं भण्डारीले जानकारी दिए।
उनका अनुसार आज बिहान भिरबाट दुई सय मिटर तल खस्दा बुढथापाको घटनास्थलमै मृत्यु भएको हो । भिरबाट लडेर मृत्यु भएकी बुढथापाको शवपरीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा शव राखिएको प्रनि भण्डारीले बताए।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया