सम्पत्ति शुद्धीकरणका पूर्वमहानिर्देशक नै भ्रष्टाचारमा

काठमाडौं । कालो धनको अनुसन्धान गर्ने जिम्मेवारीमा बसेका एक कर्मचारी आफैं भ्रष्टाचारमा तानिएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका पूर्वमहानिर्देशक जीवन प्रकाश सिटौला वाइडबडी भ्रष्टाचारमा परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित २३ कर्मचारी र अन्य ९ जनाविरुद्ध बिहीबार बिशेष अदालतमा मुद्दा दायर गरेको छ । सिटौला नेपाल वायुसेवा निगमनको सञ्चालक समिति सदस्यका रुपमा सो भ्रष्टाचारमा मुछिएका हुन् । उनी २०७३ सालदेखि २०७५ सम्म विभागको महानिर्देशक हुँदा निगमको सञ्चालक समितिमा समेत थिए ।
वाइड वडी खरिदमा एक अर्ब ४७ करोड भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष छ ।
आयोगले तत्कालिन पर्यटनमन्त्री जीवनबहादुर शाही,तत्कालिन सचिव शंकर प्रसाद अधिकारी, वायुसेवा निगका तत्कालिन कार्यकारी अध्यक्ष सुगतरत्न कंसारकार लगायतविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।
निगम सञ्चालक समितिका तत्कालीन सदस्य तथा भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगाना, सदस्यहरू सहसचिव बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमा नुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन प्रकाश सिटौला, अच्युतराज पहाडीको यसमा संलग्नता रहेको अख्तियारको दाबी छ ।
निगमका तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, गणेशबहादुर चन्द, निर्देशक कर्णबहादुर थापा, निमित्त निर्देशक क्याप्टेन सुवास रिजाल, निमित्त निर्देशक प्रभाषकुमार कर्माचार्य, नायब महाप्रबन्धक जनकराज कालाखेतीलाई पनि प्रतिवादी बनाइएको छ ।
निगमका तत्कालीन निर्देशक रामहरि शर्मा सेढाइँ, निमित्त निर्देशक रवीन्द्र कुमार शेरचन, कामु निर्देशक उपेन्द्र पौडेल, रविन्द्र श्रेष्ठ, निर्देशक श्रवण रिजाल, पारस पौडेल, उमेश पौडेल र बृहतमान तुलाधर तथा विदेशी आपूर्तिकर्ता कम्पनीका प्रतिनिधि बेलायत निवासी दीपक शर्माविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।
ताजा अपडेट
-
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित
-
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
प्रतिक्रिया