कर्जाको व्यवस्थापन कसरी गर्ने ?

काठमाडाैं । हामीले हाम्रा दैनिक भरीपरी आउने धेरै आवश्यकताहरू पूरा गर्न कर्जा लिनुपर्ने हुन्छ । कर्जाको सही व्यवस्थापन गर्न नजान्दा हामीले समयमै कर्जा चुक्ता गर्न असफल हुन्छौँ ।
कर्जाको सही व्यवस्थापन गर्न जानियो भने समयमै, ऋण तिर्नमा कुनै समस्या हुँदैन । कर्जा व्यवस्थापनमा उचित ध्यान दिएर हामीले सजिलै ऋण तिर्न सक्छौँ ।
दैनिक जीवनमा धेरै आवश्यकताहरू पूरा गर्न ऋण लिनुपर्छ, जस्तै घर बनाउन, वैदेशिक रोजगारीमा जान, गाडी किन्न, शिक्षा वा अन्य आवश्यकताको लागि । विभन्न कार्यको लागि लिएको कर्जा हामी हाम्रो आम्दानी जागिर, व्यापार वा व्यवसायबाट व्यवस्थापन गर्छौं।
कर्जाको जालमा फस्नबाट जोगाउन ऋण व्यवस्थापन गर्नु जरुरी रहेको विज्ञहरुको भनाइ छ । तपाईले केही सरल कुरा दिमागमा राखेर राम्रो तरिकाले आफ्नो ऋण व्यवस्थापन गर्न सक्नुहुन्छ। कर्जा व्यवस्थापनको लागि सबैभन्दा पहिले कर्जा चुक्ता गर्ने र वचतमा ध्यान दिनुपर्छ ।
यसबाहेक, तपाईंको अनावश्यक वा आकस्मिक खर्चहरू व्यवस्थापन गर्न पनि महत्त्वपूर्ण छ। तपाईंले ऋण लिँदा आवश्यकताहरू हेर्नु पर्छ। जुन चीज नलिँदा या नगर्दा हुन्छ भने त्यसमा कर्जा लिनु हुँदैन । उदाहरणका लागि, यदि तपाईंले घर बनाउन, या कार किन्न कर्जा लिँदै हुनुहुन्छ भने तपाईंले सोच्नुपर्छ कि यो ऋण लिनु अहिले आवश्यक छ कि छैन ?
तपाईंलाईं गाडी नकिन्दा पनि चलिरहेको छ भने यसलाई नकिन्दा नै राम्रो हो। यसले तपाईंलाई धेरै ऋणको बोझबाट मुक्त गराउँछ । यसबाहेक पटक पटक सपिङ, पार्टीमा हुने खर्च कटाएर बाँकी कर्जा चुक्ता गर्न सकिन्छ ।
आवश्यकताभन्दा बढी क्रेडिट कार्ड प्रयोग गर्दा पछि भुक्तान गर्न सकिएन भने पनि गाह्रो हुन्छ, त्यो कुरा पनि बुझ्नु पर्झ । यो बुझ्नुपर्छ कि क्रेडिट कार्ड पनि एक प्रकारको कर्जा नै हो ।
ताजा अपडेट
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
प्रतिक्रिया