NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २४ गते

दुई प्रहरीलाई भ्रष्टाचार मुद्दा

काठमाडौं । घुससहित पक्राउ परेका दुई प्रहरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । प्रहरी चौकी, कान्तिबजार, महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक शर्मा प्रसाद यादव र प्रहरी बरिष्ठ हवल्दार मन्जित कुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।
महोत्तरी जिल्ला अदालतमा चलेको निशेधाज्ञा मुद्दामा भएको अन्तिम आदेश (फैसला) को कार्यान्वयन गरी आवश्यक मुचुल्काहरु तयार गर्न सहजीकरण गर्ने कार्यको लागि भनी उनीहरुले २० हजार घुस लिएका थिए । घुससहित अख्तियारको टोलीले एक महिनाअघि उनीहरुलाई रंगेहात पक्राउ गरेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष