NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २४ गते

सशस्त्रको आगलागी प्रकरणः गृहमन्त्री र आइजिपी घटनास्थलमा, छानबिन समिति गठन

काठमाडौं । सशस्त्र प्रहरी बलको बलम्बुस्थित केन्द्रीय स्टोरमा आगलागी भएको छ । बिद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक आकलन गरिएको छ ।
आठ वटा दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । घटनाको बारेमा छानबिन गर्न एआइजीको नेतृत्वमा छानबिन समिति बनेको छ । सशस्त्रका सबै जसो बन्दोबस्तीका सामान राखिदै आएको ठाउँमा एक्कासी आगो लागेको हो ।

घटनास्थलमा गृहमन्त्री रवि लामिछाने र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पुगेका छन् । गृहमन्त्री लामिछानले सिसिक्यामेरा समेत हेरेर विस्तृत अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष