उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका उम्मेदवारहरूको अन्तिम नामावली मंगलबार प्रकाशन गरिने भएको छ । आइतबार उम्मेदवारविरुद्ध उजुरी आह्वान गरेको निर्वाचन आयोगले निर्धारित कार्यतालिका अनुसार मंगलबार अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।
निर्वाचन आयोगका अनुसार, निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारलाई मंगलबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ । यो समय सकिएपछि मंगलबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी छ ।
यसअघि आइतबार आयोगले उम्मेदवारविरुद्ध उजुरी आह्वान गरेको थियो । जसमा एउटा पनि उजुरी नपरेको आयोगले जनाएको छ ।
प्रतिनिधिसभाको इलाम–२ र प्रदेशसभाको बझाङ–१ (क) को रिक्त सिटमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुन गइरहेको छ । यसमध्ये इलाम क्षेत्र नं. २ मा २० र बझाङ–१ (क) मा १२ ले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया