म्यान्मारमा प्रकोपबाट २५ हजार घर क्षतिग्रस्त
एजेन्सी । आर्थिक वर्ष २०२३–२४ मार्चको अन्त्यसम्म भएका प्रकोपले म्यान्मारमा २५ हजार चार सय ६० घर क्षतिग्रस्त हुँदा ७६ हजार छ सय एक घरपरिवारलाई असर गरेको सरकारी अधिकारीले मङ्गलबार बताएका छन् ।
गत आर्थिक वर्षमा म्यान्मारमा आगलागीका चार सय ५२, पानीसँग सम्बन्धित एक सय ४४, हावाका छ सय ६१ तथा अन्य सात सय ५९ गरी दुई हजार १६ वटा प्रकोप दर्ता भएको सामाजिक कल्याण, राहत तथा पुनःस्थापना मन्त्रालयको विपद् व्यवस्थापन विभागका निर्देशक डाअ ले स्वे सिन ऊले सिन्ह्वालाई बताए ।
अधिकारीहरूका अनुसार म्यान्मारमा सबैभन्दा सामान्य प्रकोप हावाको थियो । विभिन्न प्रकोपबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा अय्यारवाडी क्षेत्र, मगवे क्षेत्र र शान राज्य रहेका थिए ।
अधिकारीका अनुसार प्रकोपहरूको प्रतिक्रियामा विपद् व्यवस्थापन विभागले प्रभावित मानिसहरूलाई १३ लाख ८० हजार अमेरिकी डलरभन्दा बढी राहत सहायता प्रदान गरेको थियो ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया