स्थानीय तहको स्व-मूल्यांकनः अंक उत्कृष्ट, काम कत्ति सन्तुष्ट ?

काठमाडौं । नेपालवाचको नियमित टेलिभिजन प्रस्तुती पोलिसी डायलगको पछिल्लो अंकमा स्थानीय तहको स्व–मूल्यांकनबारे छलफल गरिएको छ ।
कार्यक्रम प्रस्तोता तथा राष्ट्रिय सभाकी पूर्व सांसद डा.विमला राई पौड्यालले सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक गेहेन्द्र बम र पुनर्वास नगरपालिकाकी उपप्रमुख भुलियाकुमारी रानासँग छलफल गरेकी छिन् ।
स्व–मूल्यांकन अन्र्गत स्थानीय तहहरूले शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, आर्थिक तथा बजेट व्यवस्थापन, स्थानीय तहको सेवा प्रवाह, न्यायिक समितिको कार्यसम्पादन, पूर्वाधार निर्माण, वन तथा वातावरण र दैनिक प्रकोप व्यवस्थापन, अन्य समन्वय र सहकार्य गरेर दशवटा सूचकहरूमा आफैंलाई मूल्यांकन गर्छन् ।
कागजमा देखिने अंक र स्थानीय तहको सेवा प्रवाहबीचको खाडल, यसलाई थप सुधार्नका लागि गरिनुपर्ने नीतिगत पहलबारे गरिएको छलफलको पूरा अंश तलको भिडियोमा हेर्न सक्नुहुनेछ:
ताजा अपडेट
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
-
प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
प्रतिक्रिया