राप्रपाको आन्दोलनमा डिएसपीसहित सात प्रहरी घाइते

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको आन्दोलनमा सात प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, काठमाडौंका डिएसपी पवन भट्टराई लगायतका प्रहरी घाइते भएका हुन् । डिएसपी भट्टराईको हातमा चोट लागेको छ । आन्दोलनकारीले प्रहरीलाई ढुंगा हानेका थिए ।
आन्दोलनमा प्रहरीले पानीको फोहरा हानेको थियो । केही आन्दोलनकारी पक्राउ समेत परेका छन् ।
प्रतिक्रिया