उपसचिवसहित तीन जनालाई सफाइ

काठमाडौं । भ्रष्टाचार मुद्दामा उपसचिवसहित तीन जनाले सफाइ पाएका छन् । छात्रा शौचालय निर्माणको बजेट अनियमितता गरेको आरोप लागेका कर्मचारी तथा प्रधानाध्यापकले मंगलबार बिशेष अदालतबाट सफाइ पाएका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाई, सुनसरीका तत्कालीन कार्यालय प्रमुख उप–सचिव रमेश बहादुर दाहाल, तत्कालीन सव–इन्जिनियर निरज कुमार झा र तत्कालीन प्रधानाध्यापक रामविलास यादवलाई सफाइ पाएका हुन् । उनीहरुले स्थलगतरुपमा भएको कामको यकीन नापजाँच नगरी बास्तविक भएको कार्यभन्दा बढी कार्य भएको देखाई एक लाख ८६ हजार सात सय ६५ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै गत वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया