NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

राष्ट्रियसभा उपाध्यक्षका लागि आज चुनाव हुँदै

काठमाडौं । राष्ट्रियसभाको रिक्त उपाध्यक्ष पदमा आज निर्वाचन हुँदैछ ।उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त पदमा आज चुनाव हुन लागेको हो ।

संसद् सचिवालयका अनुसार, राष्ट्रियसभाको दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा उपाध्यक्ष चयन गर्ने कार्यतालिका छ ।

राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष उम्मेदवारका प्रस्तावकलाई आफ्नो उम्मेदवार निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न दिने र त्यसलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका छ ।

राष्ट्रियसभाको उपाध्यक्षका लागि सत्तागठबन्धन दलले एमालेकी विमला घिमिरे र नेपाली कांग्रेसले विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाएको छ ।

राष्ट्रियसभामा सत्तागठबन्धनको सुविधाजनक बहुमत रहेकाले एमालेकी घिमिरे निर्वाचित हुने करिब पक्कापक्की जस्तै छ ।

एमाले र माओवादी केन्द्रबीच सत्तागठबन्धन बनेपछि राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षमा भागबण्डा गर्ने सहमति बनेको थियो । यही सहमतिअनुसार, उर्मिला अर्यालले उपाध्यक्ष पदबाट राजीनामा दिएपछि बुधबार निर्वाचन हुन लागेको हो । अध्यक्षमा भने यसअघि नै नारायण दाहाल निर्वाचित भइसकेका छन् ।