NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २४ गते

टिकटकबाट चिनेकी महिलालाई सामूहिक बलात्कारको आरोपमा तीन पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल टिकटकबाट चिनजान भएकी महिलालाई मदिरा पिलाएर अपहरण र सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीले बाराका अरबाज अन्सारी, श्यामप्रसाद कुर्मी र सौउच सहनीलाई पक्राउ गरी अपहरण र जबरजस्तीकरणी मुद्दा दायर गरेको हो ।
काठमाडौंको पिंगलास्थानस्थित एक होटलमा गत २९ फागुनमा उनीहरुले अपहरण गरी बलात्कार गरेको पीडितको जाहेरी छ । सोही दिन भोलिपल्टै नै प्रहरी वृत्त गौशालाले उनीहरुलाई पक्राउ गरेकोमा आइतबार जिल्ला अदालतमा मुद्दा दायर भएको छ । अदालतबाट थुनछेक आदेश भइनसकेको गौशला वृत्तका डिएसपी केशब थेवेले बताए ।

तीनै जना मिलेर होटलमा लिएर गएको तथा पक्राउ परेकामध्ये अरबाज अन्सारीले आफुमाथि बलात्कार गरेको पीडितको जाहेरी छ । पक्राउ परेका अन्सारीले महिलाकै इच्छाअनुसार शारिरीक सम्बन्ध राखेको बयान दिएका छन् । पक्राउ परेका तीनै जना वैदेशिक रोजगारीमा पठाउने एजेन्ट हुन् ।

प्रहरीका अनुसार उनीहरुबीच टिकटकबाट चिनजान भएकोमा महिलाको एक साथीमार्फत भेटघाट भएको थियो । भेटघाटपछि उनीहरुबीच नियमित जसो कुरा हुने गरेको थियो । महिलाले आफु अविवाहित रहेको बताएपछि आफु उनीसँग प्रेमसम्बन्धमा रहेको अन्सारीले बताएका छन् ।

१९ चैतमा खाजा खान रेष्टुरेन्टमा गएकोमा त्यहाँ सँगै मदिरा पिएका थिए । मदिरा पिएर चार जना पिंगलास्थानको सौभाग्य होटल पुगेका हुन् । भोलिपल्ट महिलाका श्रीमान श्रीमती खोज्दै होटल पुगेका थिए । उनले नै प्रहरी बोलाएर पक्राउ गराएका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष