NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २४ गते

पोखरा महानगरकी इन्जिनियर घुससहित रंगेहात पक्राउ

काठमाडौं । पोखरा महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा कार्यरत सव–इन्जिनियर उषा किरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवर रंगेहात घुससहित पक्राउ परेका छन् ।
घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएका हुन् । आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले उनीहरुलाई पोखरा महानगरपालिका वडा नं. ४ र सव–इन्जिनियर उषा किरण रोकायलाई पोखरा महानगरपालिका वडा नं. ५ बाट नियन्त्रणमा लिएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष