NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

नेपाल टेलिकमको स्प्रिङ अफर सुरू, के-के छन् सुविधा ?

काठमाडाैं । नेपाल टेलिकमले स्प्रिङ अफर २०८० अन्तर्गत विभिन्न प्याक तथा सुविधाहरू उपलब्ध गराएको छ । कम्पनीले विभिन्न सुविधासहितका नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याएको हो ।

जसअनुसार रु. १८ मा १ दिनसम्म सबै नेटवर्कमा कल गर्न सकिने (अल नेट) २५ मिनेट अल नेट अल टाइम भ्वाइस प्याक उपलब्ध छ । यस्तै रु. ३५ मा २ घण्टासम्म प्रयोग गर्न सकिने टू आवर अन्लिमिटेड डाटा प्याक उपलब्ध छ । यी बाहेक विभिन्न दरका भ्वाइस, डाटा र एसएमएस प्याक समेत उपलब्ध छन् ।

नयाँ भ्वाइस प्याकेजअन्तर्गत सबै नेटवर्कमा प्रयोग गर्न सकिने १०१ मिनेट, १५० मिनेट र ५३५ मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ भने ३५ दिनसम्म जुनसुकै समय र जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने १४०० मिनेट अल नेट भ्वाइस प्याक रु. ५९९ मा उपलब्ध हुनेछ ।

नयाँ डाटा प्याकेज अन्तर्गत रु. २४ मा एक घण्टा भ्वाइस र डाटा प्याकेज उपलब्ध हुनेछ । सो प्याकेज खरिद गरेमा एक घण्टासम्म कम्पनीकै नेटवर्कमा(अन–नेट) अनलिमिटेड कल गर्न र डाटा चलाउन सकिन्छ । त्यसै गरी रु. २० मा १ दिनका लागि ६०० एमबी डे डाटा प्याक र रु. ८० मा ३ दिनसम्म चलाउन सकिने तथा रु. १०९ मा ७ दिनसम्म चलाउन सकिने ३ जीबी डाटा प्याक उपलब्ध हुनेछ । यीबाहेक रु. ३९९ मा २८ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा प्याक उपलब्ध हुनेछ ।

यसै गरी प्रिपेड तथा पोस्टपेडमा उपलब्ध सजिलो अनलिमिटेड प्याकहरू परिमार्जन गरिएको छ भने नयाँ प्याकेजको रूपमा सजिलो एक्जिक्युटिभ प्याक सञ्चालन भएको छ ।

जीएसएम टुजी वा थ्रीजी सिम प्रयोगकर्ताहरुलाई फोरजी प्रयोग गर्न प्रोत्साहित गराउने उद्देश्यले नयाँ आकर्षक अफर उपलब्ध गराइने भएको छ । यसरी टुजी वा थ्रीजी प्रयोगकर्ताले आफ्नो सिमलाई फोरजीमा एक्टिभेट गरेमा ३ जीबी डाटा, १०० मिनेट भोल्टी भ्वाइस कल र ५० अन–नेट एसएमएस सुविधा उपलब्ध हुनेछ ।