NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तासाझेदार दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजेका लागि सचिवालय बैठक डाकिएको सो पार्टीले जनाएको छ ।

बैठकमा आगामी वैशाख १५ मा हुन गइरहेको उपनिर्वाचनको विषयमा छलफल हुने बताइएको छ ।

आगामी वैशाख १५ गते इलाम क्षेत्र नं. २ र बझाङ क्षेत्र नं. १ (क) मा हुन गइरहेको उपनिर्वाचनमा एमालेले आफ्ना उम्मेदवार उठाएको छ ।

त्यस्तै, पार्टी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकबारे पनि छलफल हुने नेताहरूले बताएका छन् । एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही वैशाख ८ र ९ गते ललितपुरमा हुँदैछ ।