एमाले सचिवालय बैठक बस्दै
काठमाडौं । सत्तासाझेदार दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।
पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजेका लागि सचिवालय बैठक डाकिएको सो पार्टीले जनाएको छ ।
बैठकमा आगामी वैशाख १५ मा हुन गइरहेको उपनिर्वाचनको विषयमा छलफल हुने बताइएको छ ।
आगामी वैशाख १५ गते इलाम क्षेत्र नं. २ र बझाङ क्षेत्र नं. १ (क) मा हुन गइरहेको उपनिर्वाचनमा एमालेले आफ्ना उम्मेदवार उठाएको छ ।
त्यस्तै, पार्टी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकबारे पनि छलफल हुने नेताहरूले बताएका छन् । एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही वैशाख ८ र ९ गते ललितपुरमा हुँदैछ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया