NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

एमाले निचोड : सत्ता समीकरण फेरिएपछि देशले सही दिशा लिन थाल्यो

काठमाडौं । नेकपा (एमाले) ले सचिवालय बैठकले नयाँ सत्ता समीकरणले मुलुकलाई सही दिशामा लैजान थालेको निष्कर्ष निकालेको छ । लतिलपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा आज बसेको सचिवालय बैठकले नयाँ सत्ता समीकरणले सकारात्मक रहेको मुलुकलाई सही दिशामा ल्याउन सफल भएको जनाएको छ ।

बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले सो जानकारी दिँदै सरकारले जनतालाई अझ विश्वास जगाउने काममा गति ल्याउनुपर्ने बताए ।

बैठकले यही वैशाख ८ र ९ गते हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको कार्यसूचीसमेत तय गरेको छ । परिषद् बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुनेछ । परिषद्को बैठकमा दुई हजार एक सय ५३ महाधिवेशन प्रतिनिधिसहित करिब दुई हजार पाँच जना सहभागी हुने उपमहासचिव ज्ञवालीले बताए ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक, अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र सल्लाहकार परिषद्ले आआफ्नो प्रतिवेदन पेश गर्ने छन् । बैठकमा आगामी निर्वाचनमा एमालेलाई निर्णायक शक्ति बनाउनेबारेमा छलफल हुने उपमहासचिव ज्ञवालीले बताए ।

त्यस्तै, बैठकले नेकपाको ७५औं स्थापना दिवसमा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । स्थापना दिवसको दिन वृत्तचित्र, झुलाघाट चिवाभञ्जाङ पदयात्रा तथा साङ्गतिक कार्यक्रम गर्ने उनले बताए । स्थापना दिवसको दिन प्रमुख राजनीतिक दलका नेतालाई सम्बोधन गर्ने र पार्टीमा योगदान गर्नेलाई विशेष सम्मान गर्ने उनले बताए ।