NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

छोटुलाल शर्माको इमान्दारीताः जसले बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए

काठमाडौं । आजभोलि समाजमा इमान्दार व्यक्ति भेट्न गाह्रो छ । तर, पोखराका एक व्यक्तिले बाटोमा भेटाएको १७ लाख रुपैयाँ प्रहरीलाई बुझाएका छन् । प्रहरीले सम्बन्धित धनी पत्ता लगाई फिर्ता गरेको छ ।
पोखराको पालिखेचोक बस्ने ६५ वर्षिया छोटुलाल शर्माले यस्तो इमान्दारीता देखिएका हुन् । पोखराको पृथ्वीचोकमा श्री ज्वेलर्स चलाउने मनोहर पँवरले १७ लाख रुपैयाँ कृषि विकास बैंकमा जम्मा गर्न लैजाने क्रममा बाटोमा खसाएका थिए । मोटरसाइकलको ले–गार्डमा झुन्डाएको झोला खसेको थियो । सो झोला फेला पारेका शर्माले प्रहरीलाई खबर गरेका हुन् । प्रहरीले धनी पत्ता लगाएर सो रकम सुन पसल सञ्चालक धुव्र कुमार सुनारलाई फिर्ता दिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्त शर्माले सो नगद धनीलाई हस्तान्तरण गरेका छन् ।