विश्व हिन्दु महासंघद्वारा अधिवक्ता खड्का सम्मानित
काठमाडौं । हिन्दुहरूको साझा संस्था विश्व हिन्दु महासंघले कानून तथा न्यायको क्षेत्रबाट सनातन हिन्दु धर्मको संरक्षण एवं प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै अधिवक्ता अर्जुन खड्कालाई सम्मान गरेको छ ।
महासंघले आफ्नो ४४औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित विशेष समारोहमा अधिवक्ता खड्कालाई सम्मान गरेको हो । राप्रपा अध्यक्ष पशुपति सम्सेर जबरा र महासंघको अध्यक्ष अस्मिता भण्डारीले अधिवक्ता खड्कालाई कदरपत्रसहित सम्मान गरेका हुन् ।
उदयमान कानून व्यवसायी खड्का कानून र न्यायको क्षेत्रबाट हिन्दु धर्मको पक्षमा क्रियाशील थिए । उनले विश्व हिन्दु महासंघलाई कानूनी सहायता एवं परामर्श दिँदै आएका छन् । कार्यक्रममा महासंघको कार्यवाहक अध्यक्ष भण्डारीले संस्थाको प्रमुख उद्देश्य सनातन हिन्दु धर्मको प्रवर्धन गर्दै मुलुकलाई हिन्दु अधिराज्य बनाउने भएको बताइन्।
राप्रपाका पूर्वअध्यक्ष एवं संघीय सांसद पशुपति सम्सेर जबराले देशमा हिन्दु राष्ट्र पुनर्स्थापना भएरै छोड्ने ठोकुवा गरे । सम्मानित भएपछि सामाजिक सञ्जालमार्फत अधिवक्ता खड्काले देशैभरका सनातन स्वधर्मसँग सम्बन्धित संस्थाहरूलाई निःशुल्क कानूनी परामर्श दिने घोषणा पनि गरेका छन् । ४४ वर्षअघि स्थापित विश्व हिन्दु महासंघको विश्वका तीन दर्जन मुलुकमा आफ्नो शाखा रहेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया