NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

शिक्षालाई व्यवसायसँग जोड्न हामी कहाँ चुक्यौं ? 

काठमाडौं । नेपालको शैक्षिक प्रणालीमाथि बेला बेला प्रश्न उठ्छ, कतिपयले नेपालको शिक्षा व्यवसायिक शिक्षामा केन्द्रित नभएको तर्कसमेत गर्छन् ।

डिग्री सकाएको विद्यार्थी खाली सर्टिफिकेटमा मात्र सिमित हुन्छन् । उसले हासिल गरेको शिक्षाबाट न सिप पाउँछ न पर्याप्त ज्ञान नै ।

पछिल्लो समय ज्ञानमात्रै भन्दा पनि व्यक्ति व्यवसायिक वा भनौं प्राविधिक शिक्षामा आकर्षित हुन थालेको छ । माध्यमिक तहसम्मको पढाईपछि केही निश्चित अवधिसम्म पढ्ने, तालिम लिने र तालिमअनुसार नै काम पाइने हुनाले पनि पछिल्लो समय यस प्रतिको आकषर्ण बढेको हो ।

नेपालवाचको नियमित भिडियो प्रस्तुती एजुकेसन डायलगको नयाँ श्रृंखलामा व्यवसायिक शिक्षासँग सम्बन्धित भएर प्रस्तोता एंव किङ्स कलेजका प्रधानाध्यापक नरोत्तम अर्यालले व्यवसायिक शिक्षाका जानकार पंकज पराजुलीसँग छलफल गरेका छन् ।

कार्यक्रममा नेपालमा व्यावसायिक शिक्षाको अवस्था, व्यावसायिक र शैक्षिक शिक्षाको अन्तर, व्यावसायिक शिक्षाका फाइदा, यसका नीति तथा ऐन, चुनौति, व्यावसायिक शिक्षा सुधार्न गर्नुपर्ने कामलगायतका विषयमा चर्चा गरिएको छ ।

कार्यक्रमको पुरा अंश तलको भिडियोमा गएर हेर्न सकिन्छ :