शिक्षालाई व्यवसायसँग जोड्न हामी कहाँ चुक्यौं ?
काठमाडौं । नेपालको शैक्षिक प्रणालीमाथि बेला बेला प्रश्न उठ्छ, कतिपयले नेपालको शिक्षा व्यवसायिक शिक्षामा केन्द्रित नभएको तर्कसमेत गर्छन् ।
डिग्री सकाएको विद्यार्थी खाली सर्टिफिकेटमा मात्र सिमित हुन्छन् । उसले हासिल गरेको शिक्षाबाट न सिप पाउँछ न पर्याप्त ज्ञान नै ।
पछिल्लो समय ज्ञानमात्रै भन्दा पनि व्यक्ति व्यवसायिक वा भनौं प्राविधिक शिक्षामा आकर्षित हुन थालेको छ । माध्यमिक तहसम्मको पढाईपछि केही निश्चित अवधिसम्म पढ्ने, तालिम लिने र तालिमअनुसार नै काम पाइने हुनाले पनि पछिल्लो समय यस प्रतिको आकषर्ण बढेको हो ।
नेपालवाचको नियमित भिडियो प्रस्तुती एजुकेसन डायलगको नयाँ श्रृंखलामा व्यवसायिक शिक्षासँग सम्बन्धित भएर प्रस्तोता एंव किङ्स कलेजका प्रधानाध्यापक नरोत्तम अर्यालले व्यवसायिक शिक्षाका जानकार पंकज पराजुलीसँग छलफल गरेका छन् ।
कार्यक्रममा नेपालमा व्यावसायिक शिक्षाको अवस्था, व्यावसायिक र शैक्षिक शिक्षाको अन्तर, व्यावसायिक शिक्षाका फाइदा, यसका नीति तथा ऐन, चुनौति, व्यावसायिक शिक्षा सुधार्न गर्नुपर्ने कामलगायतका विषयमा चर्चा गरिएको छ ।
कार्यक्रमको पुरा अंश तलको भिडियोमा गएर हेर्न सकिन्छ :
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया