बझाङ उपनिर्वाचनः मतगणना सुरु
चैनपुर (बझाङ) । बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार सर्वदलीय बैठकले आचारसंहितामा तयार गरेसँगै २ः२० बजेदेखि मतगणना सुरु भएको हो ।
मतगणना दुई ठाउँमा गर्ने तयारी भएको उहाँले बताउनुभयो । शनिबार भएको उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार ३२८ मत खसेको थियो ।
सुरुवाती समयमा छविसपाथिभेरा गाउँपालिका १ र २ को मतगणना भइरहेको छ । यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया