बझाङ अपडेट : अघि लागे कांग्रेस उम्मेदवार, पछि पर्यो एमाले

चैनपुर । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा मतगणना जारी छ । पछिल्लो मतपरिणमअनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले दुई सय ४९ मतले अग्रता लिएका छन् । उनले सात हजार चार सय ८६ मत प्राप्त गरेका छन् ।
यस्तै नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले सात हजार दुई सय ३९, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले दुई हजार आठ सय ९४ तथा नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार एक दुई मत प्राप्त गरेका छन् ।
हालसम्म छविसपाथिभेरा गाउँपालिका, थलारा गाउँपालिका–९, खप्तडछान्ना गाउँपालिका, जयपृथ्वी नगरपालिका र सुर्मा गाउँपालिकाको मतगणना सम्पन्न भएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया