NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

काठमाडौं मलको भाडा सम्झौता अन्त्य, ३० दिनभित्र भवन खाली गर्न उर्दी

काठमाडौं । कर्मचारी सञ्चय कोषले सुन्धारास्थित आफ्नो स्वामित्वको काठमाडौं मलको यसअघिको भाडा सम्झौता अन्त्य गरेको छ । साथै उसले ३० दिनभित्र भवन खाली गर्न भाडावाल दिवा सपना जे.भीलाई निर्देशनसमेत दिएको छ ।

काठमाडौं मलको भवन भाडामा लगाउनेबारे दिवा सपनासँग ०७६ माघ ६ मा भएको करार सम्झौतालाई निरन्तरता दिने सम्बन्धमा कोषले गत चैत १६ गते एक सूचनामार्फत अनुरोध गरेको थियो । दिवा सपनाले भाडासम्बन्धी करार सम्झौता निरन्तरतामा रुचि नदेखाएपछि कोषले सम्झौता अन्त्यको घोषणा गरेको हो ।

भाडा सम्झौता निरन्तरताका लागि गरिएको आग्रहलाई भाडावाल दिवा सपना जेभीले चासो नदेखाएपछि वैशाख १६ बाट लागू हुने गरी यसअघिको भाडासम्बन्धी सम्झौता अन्त्य गरिएको कोषले जनाएको छ ।

काठमाडौं मल भाडामा लिएबापत बुझाउनुपर्ने बक्यौता रकम चुक्ता गरी ३० दिनभित्र भवन खाली गर्न पनि कोषले दिवा सपनालाई निर्देशन दिएको छ । दुई पक्षबीच भएको भाडामा दिने÷लिनेसम्बन्धी सम्झौताको प्रकरण १३ (ग) मा सम्झौता अन्त्यसम्बन्धी सूचना प्रकाशित भएको ३० दिनभित्र बाँकी बक्यौता चुक्ता गरी भवन खाली गर्ने उल्लेख छ ।

दुईबीच भएको सम्झौता स्मरण गराउँदै उक्त अवधिमा प्रयोग गरिएको भवनको भाडा यसअघिको भन्दा २५ प्रतिशतले बढी हुने पनि कोषले प्रष्ट पारेको छ ।

काठमाडौं मल कर्मचारी सञ्चय कोषले व्यापारिक प्रयोजन निम्ति निर्माण गरेको भवन हो । विगत लामो समयदेखि कोषले यो भवनलाई भाडामा लगाएर आम्दानी गर्दै आइरहेको छ ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष